
काठमाडौं, १० जेठ । प्रतिनिधिसभा विघटनको विपक्ष र शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको पक्षमा रहेका विपक्षी दलका नेताहरू आज सबै सांसदहरुसहित सर्वोच्च अदालत जाने भएका छन् ।
प्रतिनिधिसभा विघटन बदर र देउवालाई बहुमतको समर्थन भएकाले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै विपक्षी दलका सबै सांसदहरुले रीट दायर गर्न लागेका हुन् ।
आइतबार रीट निवेदन लेख्ने, सांसदहरुको नागरिकता, परिचयपत्र र हस्ताक्षर जुटाउने लगायतका कामले गर्दा नभ्याइएको रीट आज अदालत खुल्नासाथ पेश हुने जनाइएको छ ।















प्रतिक्रिया