
बर्दिया, ९ जेठ । निषेधाज्ञाको उल्लंघन गरी सवारी चलाइ यात्रुहरुलाई ओसारपसार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बर्दियाले ९ वटा गाडी र त्यसका चालकलाई पक्राउ गरेको छ ।
जिल्ला मातहतका प्रहरी कार्यालयहरूले नियमित ड्युटी चेकजाँचको क्रममा निषेधाज्ञाको अवधिमा वाहिरी जिल्लाहरूबाट बिनाअनुमति यात्रु ओसारपसार गरी सवारी चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएका गाडीहरु आवश्यक कारवाहीका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरिएको प्रहरीले बताएको छ । ती सवारी साधनका चालकहरुलाई ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ अनुसार प्रतिसवारी साधन ५ हजार रुपैयाँ जरीवाना गरिएको बताइएको छ ।















प्रतिक्रिया