७ कार्तिक २०८३, शनिबार

बुटवल–पाल्पा सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि सरकारद्वारा ग्लोबल टेन्डर आह्वान

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । बुटवल–पाल्पा सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग निर्माणका लागि सरकारले ग्लोबल टेन्डर आह्वान गरेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको सो सडक खण्डमा लामो समयदेखि सुरुङ मार्ग बनाउने गृहकार्य भइरहेको भए पनि काम अघि बढ्न सकिरहेको थिएन ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको समेत विशेष योजनामा रहेको रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा पर्ने सिद्धबाबा सुरुङ मार्ग निर्माणपछि ‘मृत्यु मार्ग’को नामले परिचित बुटवल–पाल्पा सडकले आफ्नो पहिचान समेत फेर्ने अपेक्षा गरिएको छ ।

सुरुङ मार्ग निर्माण गर्न अर्थ मन्त्रालयले १० अर्ब बजेटको सुनिश्चितता दिएको र सोही आधारमा प्रकृया अगाडि बढाइएको सडक विभागको भनाइ छ । मंसिर १ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेट स्वीकृति दिएको हो ।

सुरुङ मार्ग पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो सुरुङ मार्ग करिब ५ किलोमिटर लामो हुने छ ।