७ कार्तिक २०८३, शनिबार

संसदीय विधि र पद्धति उल्लंघनमा माधव नेपालले कीर्तिमान कायम गरे : पोखरेल

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले संसदीय विधि र पद्धति उल्लंघनमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कीर्तिमान कायम गरेको बताएका छन् ।

आज आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै पोखरेलले विधि र पद्धतिको कुरा गरेर कहिल्यै नथाक्नेहरुबाटै संसदीय विधि र पद्धति उल्लंघन हुनु दुःखद भएको समेत बताएका छन् ।

‘विधि र पद्धतिको कुरागरेर नथाक्ने माधव कमरेडको नाममा संसदीय विधि र पद्धति उल्लंघनको कीर्तिमान कायम भएको सुन्नुपर्दा दुःख लाग्ने रहेछ,’ उनले फेसबुकमा लेखेका छन् ।

यस्तै उनले अर्को एउटा स्टाटसमा निर्वाचनको विरोध गर्नु पनि असामान्य कुरा भएको बताएका छन् । ६ महिना पछिका लागि घोषणा गरिएको चुनाव कोरोना महामारीका बेला गर्न हुँदैन भन्ने र त्यसका लागि महामारीकै बीचमा सडकमा निस्कनु गलत राजनीतिक मानसिकता भएको समेत उनले बताएका छन् ।

‘कोभिड–१९ को महामारी देखाउदै ६ महिना पछिको चुनावको विरोध गर्ने, अनि महामारीकै बीचमा सडकमा चै जुलुश लगाउन निर्देश गर्ने, हाम्रो राजनीति,’ उनले लेखेका छन् ।