
काठमाडौं, ९ जेठ । नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुग्दै गर्दा नेकपा एमालेकै युवा नेता जीवन राईको नेतृत्वमा नयाँ पार्टी दर्ता भएको छ ।
निर्वाचन आयोगमा गत शुक्रबार नै ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुला, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको बताइएको छ ।
नेता राई माधव नेपाल पक्षका नेता हुन् । माधव नेपालले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला उनी निकट युवा नेताहरुले उक्त पार्टी दर्ता गराएका हुन् ।















प्रतिक्रिया