
काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमकाविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।
त्यसका लागि आज आइतबार बिहान ११ बजे संसद् भवनमा विपक्षी गठबन्धनका सांसदहरूको बैठक बस्दै छ । वैठकमा वकिलहरूले तयार पारेको प्रारम्भिक रिटबारे छलफल हुने बताइएको छ ।
साथै, रिट निवेदनमा १४९ जना सांसदको हस्ताक्षरसमेत संकलन गरिने छ छ । रिट लेखन र हस्ताक्षर संकलन कार्य आज नसकिएमा भोलि उनीहरू सर्वोच्च जाने तयारीमा छन् ।















प्रतिक्रिया