
काठमाडौं, ८ जेठ । कोरोना भाइरसको संक्रमणबाट पत्रकार कृष्णप्रसाद ओझाको मृत्यु भएको छ ।
नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठानका सदस्य समेत रहेको पत्रकार ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा शुक्रबार मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा उपचाररत ओझाको उपचारकै क्रममा मृत्यु भएको हो ।
खोटाङको वडाका दियाले–७ निवासी ओझा २०४९ सालदेखि रेडियो नेपालमा कार्यरत थिए ।
नेपाल पत्रकार महासंघका हनुसार कोरोनाकै कारण हालसम्म १६ जना पत्रकारको मृत्यु भइसकेको छ भने ८५० भन्दा बढी पत्रकार संक्रमित छन् ।















प्रतिक्रिया