७ कार्तिक २०८३, शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्ति ठाने : सभापति देउवा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले मुलुकको संविधानलाई निजी सम्पत्ति ठानेको आरोप लगाएका छन् ।

आज शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै देउवाले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफूअनुकूल प्रयोग गरिरहेको आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्नेमा सो नगरी दावी नै गर्न नमिल्ने माननीय ओलीलाई नै निरन्तरता दिने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन्,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन् ।

सबै नेपाली जनता सुतेका बेलामा महत्वपूर्ण कदमहरु चालिनु राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण माक भएको भन्दै देउवाले भनेका छन्, ‘प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधिसभाको हत्या गर्नु, राष्ट्रपति र प्रधानमन्त्रीले षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेको पुष्टि हुन्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनीतिक र न्यायिक लडाई लड्ने घोषणा पनि कांग्रेसले गरेको उनको भनाइ छ ।