७ कार्तिक २०८३, शनिबार

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन अदालत जाने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा असंवैधानिक भएको भन्दै उक्त कदमप्रति विपक्षी गठबन्धन अदालत जाने भएका छन् ।

आज शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति रप्रधानमन्त्रीको कदमले मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सृजना गरे भन्दै उनीहरुले उक्त कदमविरुद्ध एकताबद्ध भई राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने अठोट गरेका छन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन गर्ने प्रतिगमनकारी कार्यका विरुद्ध एकजुट भई नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवम् नेपालको सर्वोपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न हामी सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायमा हार्दिक आह्वान गर्दछौं,’ गठबन्धन दलहरुले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।