७ कार्तिक २०८३, शनिबार

संसदीय व्यवस्था असफल भयो, जनमतसंग्रहमा जाऔं : महासचिव विप्लव

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले नेपालमा संसदीय व्यवस्था असफल भएको भन्दै जनमतसंग्रहमा जानुपर्ने बताएका छन् ।

झण्डै दुईतिहाइ जनमतसहित बनेको केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको ठहर गर्दै उनले यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको दाबी गरेका छन् ।

आज शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गरेका छन् । जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकासका लागि आफ्नो पार्टी तयार रहेको समेत उनले स्पष्ट पारेका छन् ।

हेर्नुहोस् विज्ञप्ति–