७ कार्तिक २०८३, शनिबार

विगतका गल्ती सच्याएर अगाडि बढ्नुको विकल्प छैन : राप्रपा अध्यक्ष राणा

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर जबराले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको धज्जी उडाएको भन्दै विश्वमा सफल राजासहितको प्रजातन्त्रको मोडेल अनुशरण गरेर विगतको गल्ती सच्याउनु पर्नेमा जोड दिएका छन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ । दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टि गरेको छ,’ राप्रपा अध्यक्ष राणाले शनिबार ट्विटरमा लेखेका छन् । राजनीतिक कोर्ष करेक्सन गर्नुपर्ने दृष्टान्त प्रस्तुत गर्दै राणाले भनेका छन्, ‘विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजासहितको प्रजातन्त्र अनुशरण गरेर गल्ती सच्याउनुको विकल्प छैन ।’

निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउनु जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्ठा भएको उनले बताए । ट्वीट गर्दै राणाले भनेका छन्, ‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास हो । यद्यपि संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक सङ्कटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलठ्ठिपन हो ।’

उनले भने, ‘कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा हो ।’