७ कार्तिक २०८३, शनिबार

स्वीट्जरल्याण्डबाट नेपाल आइपुग्यो अत्यावश्यक स्वास्थ्य सामग्री

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेको नेपालका लागि स्वीट्जरल्याण्ड सरकारले सहयोगस्वरुप पठाएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

स्वीस सरकारका तर्फबाट प्रदान गरिएको स्वास्थ्य सामग्री शनिबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । उक्त स्वास्थ्य सामग्री स्वीस प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको छ ।