७ कार्तिक २०८३, शनिबार

संसद विघटन र निर्वाचन घोषणाबारे कांग्रेसले गर्‍यो यस्तो निर्णय, गठबन्धनले के गर्ला ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसले प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन र निर्वाचनको मिति घोषणाविरुद्ध कानूनी र राजनीतिक लडाईँमा जाने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले विघटनविरुद्ध अदालतको ढोका ढकढक्याउने तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद नै भंग गर्नु असंवैधानिक रहेको ठहर कांग्रेसको छ ।

थप रणनीतिबारे छलफल गर्न विपक्षी दलसहितको बैठक बस्ने तयारी छ ।