
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कटको वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
आज शुक्रबार बालुवाटारमा आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सबै दलहरुलाई यस्तो आग्रह गरेका हुन् । लोकतन्त्रको बाटोबाट सहमतिको सरकार बनाउनुपर्ने पक्षमा आफू रहेको बताउँदै स्वस्थ लोकतान्त्रिक अभ्यास अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
यसैबीच उनले आफूलाई सरकार चालाउन मनै नभएको समेत स्पष्ट पारेका छन् । जतासुकैबाट विरोध भएको स्थितिमा आफूलाई सरकार चलाउन मन नरहेको जानकारी राष्ट्रपतिलाई गराएपछि नयाँ प्रक्रिया आरम्भ भएको समेत उनले स्पष्ट पारेका छन् ।
‘न कोही समर्थन गर्छ र कोही साथ दिन्छ, यस्तोमा पनि सरकार चलाउन सकिन्छ ? मलाई चलाउन मन छैन,’ ओलीले भनेका छन् । प्रतिनिधिसभा सदस्यको रूपमा आफूले नयाँ सरकारको लागि समर्थन जुटाउने प्रयास गरिरहेको पनि उनले बताएका छन् ।















प्रतिक्रिया