७ कार्तिक २०८३, शनिबार

महामारीकै समयमा पनि निर्वाचन हुन सक्छ : प्रधानमन्त्री ओली

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीकै समयमा पनि निर्वाचन हुनसक्ने बताएका छन् ।

आज शुक्रबार बालुवाटारमा आयोजित विशेष पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासाबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘मतदाताहरू मास्क लगाएर आएर दूरी कायम गरेर भोट दिन सक्छन् । महामारी उच्च विन्दुमा हुँदा अमेरिकामा चुनाव भयो । पश्चिम बङ्गाल जस्तो ठाउँ र भारतका बढी जनसङ्ख्या भएका ठाउँमा पनि चुनाव भएका छन् ।’

चुनाव स्वेच्छाले मात्रै होइन, परिस्थितिले हुने हो त्यसलाई रोक्न नहुने उनको भनाइ थियो ।

यसैबीच उनले खोप ल्याउने प्रयास भइरहेको भन्दै उनले अक्सिजन र भेन्टिलेटर वा अरू औषधिको अभाव देशमा नरहेको बताएका छन् । सरकारले कोभिडविरूद्ध आफ्नो ध्यान पूर्ण रूपमा केन्द्रित गरिरहेको दाबी प्रधानमन्त्री ओलीको छ ।