७ कार्तिक २०८३, शनिबार

महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनमा पुनः तटस्थ बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग सम्बोधन गरिरकेको अवस्थामा वैकल्पिक सरकार निर्माण सामेल हुन नसक्ने उनीहरुले बताएका छन् ।

नयाँ सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जसपाका अर्को पक्षसहितको बैठक बसिरहेको बेला महन्थ ठाकुरको यस्तो निर्णय आएको हो ।

यो पक्ष यसअघि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने बेलामा पनि तटस्थ बसेको थियो भने त्यसपछिको बहुमतीय सरकार गठनमा पनि कतै लागेन ।