७ कार्तिक २०८३, शनिबार

कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालको इन्ट्री

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिको कदम रोक्न भन्दै बोलाएको सर्वदलीय बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज शुक्रबार कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । राष्ट्रपतिको कदम रोक्नुपर्ने विषयमा बैठक केन्द्रित छ ।

सर्वदलीय बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । आजै बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको कदम रोक्न दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो ।

नेकपा एमालेभित्र सहमति खोज्ने काम भइरहेका बेला नेता नेपाल विपक्षी गठबन्धनसँग सहकार्यमा जुट्नु एमालेका लागि घातको विषय हो ।