२९ आश्विन २०८३, बिहिबार

मिस नेपाल नर्थ अमेरिकाको दर्ता शुरू

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२१ आगामी अगस्त १४ शनिबारका दिन आयोजना हुने भएको छ ।

गत वर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।

प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ । प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरूले आवेदन पत्र भर्न सक्नेछन् । दर्ता गर्ने अन्तिम समय जुन १५ सम्म राखिएको छ ।

बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिनेछन् । नेपाल टुरिजम बोर्डले २०२१–२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनीत गर्नेछ । अ

सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका २०१९ मा न्यूयोर्ककी श्रेया गजुरेल विजयी घोषित भएकी थिइन् ।

तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एलएलसीले गर्नेछ । मिस नेपाल वर्ल्ड शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता जनाउने छिन ।