शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

जुवामा पत्नी हारेपछि पालैपालो यौनसम्पर्क

दैनिक नेपाल २०७८ जेठ ४ गते ८:२०

इन्दौर । भारतको इन्दौर जनसङ्ख्याको दृष्टिमा भारतको मध्य प्रदेश राज्यको सबैभन्दा ठूलो शहर हो । भारतको सबैभन्दा ठूलो शहर भएपनि यहाँ अझै सामाजिक विकृति रहेको छ ।

जुवामा नगद गुमाइसकेका एकजनाले पत्नीलाई नै दाउमा राखेर जुवा खेलेका छन् । जित्ने भनिएका दुई जनाले घरमै गएर महिलालाई सामूहिक करणी गरेको घटना प्रकाशमा आएको हो ।

इन्दौरको राउ निवासी ३८ वर्षीया महिलाले हालै प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो पीडा सार्वजनिक गरेकी हुन् ।

१४ वर्षअघि पीथमपुर निवासी किशोर नाम गरेका युवकसँग आफ्नो विवाह भएको र चार सन्तानसमेत रहेको जानकारी दिदैं ती महिलाले पतिले कथित रुपमा जु,वामा आफूलाई हारेपछि दुई जनाले सामूहिक करणी गरेको जनाइन् ।

उनका अनुसार ती दुई पुरुष घरमै आएका थिए । त्यतिबेला उनको पति भने घरमा नरहेको बताइन्छ । छोराछोरी भएकै समयमा घरमा आएर उनीहरूले आफूलाई ‘तिम्रो पतिले तिमीलाई जुवामा हारिसकेका छन्, तिमी अब हाम्री भयौ’ भन्दै करणी गरेको उनले बताइन् ।

सो घटनापछि आफूले घर परिवर्तन गरेको र अलग्गै बस्न थालेको बताइन् । पति र ती दुई पुरुषले बारम्बार आफूलाई दुःख दिने र धम्क्याउने गर्दै आएको भन्दै महिलाले प्रहरीसमक्ष गुनासो गरेकी छन् ।

ती महिलाका उनका पतिले छोरीलाई समेत जुवाको दाउ राख्ने धम्की दिँदै आएका छन् । इन्दौरको प्रहरी उपमहानिरीक्षक कार्यालयमै आयोजित कार्यक्रममा महिलाले आफ्नो पीडा सुनाएपछि प्रहरीले सो घटनाको छानविन थालेको छ ।

इन्दौरको पूर्वी क्षेत्रका प्रहरी प्रमुखले सम्बन्धित प्रहरी थानालाई छानविनको जिम्मेवारी दिइएको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित