२९ आश्विन २०८३, बिहिबार

सुकृति शर्मालाई ५ लाख ८४ हजार राशिको ब्लूमक्विस्ट पुरस्कार

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । सत्र पुष्प पत्रहरू नामक कथा संग्रहकी लेखक सुकृति शर्मालाई ब्लूमक्विस्ट परिवारिक छात्रवृत्ति कोषले ब्लूमक्विस्ट–२०२१ वर्ष पुरस्कार प्रदान गरेको छ ।

परिवार, विद्यालय र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूल अन्तर्गतका उत्कृष्ट विद्यार्थीमध्येबाट छानिने एक विद्यार्थीलाई वार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५,००० डलर छ ।

ब्लूमक्विस्ट परिवारिक प्रतिष्ठानले धेरै लामो समयदेखि कलेज एक्सेस फेयरफ्याक्सः ओपनिंग डोर टु द फ्युचर नामक संस्थामार्फत उक्त पुरस्कार प्रदान गर्दै आइरहेको कुरा कलेज एक्सेस फेयरफ्याक्सद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ ।

उक्त पुरस्कार पाएपछि नेपाली–अमेरिकी चेली सुकृति शर्माले भनिन्, ‘यो उनको कडा परिश्रम, बुबा आमाको प्रोत्साहन र आफ्नो सृजनशीलताको परिणाम हो । सुकृतिले आफ्नो भाई साइमनसंग मिलेर लेखेको सत्र पुष्प पत्रहरू नामक कथा संग्रह अमाजनमा उल्लेखनिय रुपमा बिक्री भैरहेको छ ।

उक्त पुस्तकलाई फेयरफ्याक्स काउन्टि पुस्तकालयले पाठक सदस्यहरुलाई अध्ययनका लागि आफ्ना सबै २३ वटा शाखामा उपलब्ध गराएको छ। उक्त पुस्तकबाट उठेको रकम नेपाल र लेबनानस्थित शरणार्थी शिविरहरूमा रहेका बालबालिकाहरूको स्वास्थ्य सेवाका लागि जाने गरेको कुरा सुकृतिले बताइन् ।

भविष्यमा विश्वभरिका बालबालिकाहरूको स्वास्थ्यका लागि आफ्नो जीवन लगानी गर्ने सोँच बनाएकी सुकृतिले सानै उमेरदेखि स्थानीय एवम् राष्ट्रियस्तरका समाचारपत्रहरूमा बालबालिकाहरूको पक्षमा आफ्ना लेखहरु प्रकाशन गर्दै आइरहेकी छिन् ।

ूअमेरिकाको भविष्यका डाक्टरहरू नामक स्कूलस्तरीय क्लबको उपाध्यक्ष समेत रहेकी सुकृतिले सप्ताहान्तमा इनोभा फेयरफ्याक्स क्याम्पसमा स्वयम्सेविकाको रुपमा काम गर्दै आइरहेकी छिन् ।