१ कार्तिक २०८३, शनिबार

कोरोनाका बेला असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र शुरु गर्न निर्देशन

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको पठनपाठन शुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ ।

कोरोनाभाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जेठ २० सम्म सबै कक्षाको परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरि सक्न समेत निर्देश गरिएको जानकारी दिए । गोरखापत्र दैनिकले खबर छापेको छ ।