
-सुदर्शन जोशी ‘तेजस्वी’
चल्नु छ मिलाएर जीवन हो सातै रंग !
जित्नु छ संकटलाई कोरोना नै पर्छ दङ्ग !!
जसरी रङ ७ छन्, वार ७ छन्, त्यस्तै गरि कोरोना कहरले निम्त्याएको लकडाउनमा घर, डेरामा वस्दा जिवनलाई दैनिक रुपमा व्यवस्थित गर्दै मनस्थितिलाई वलियो वनाउने सुत्रहरु पनि ७ वटा नै छन् ।
जस्तो परिस्थिती छ त्यहि अनुसारको जिवनशैलि बनाउन सक्नु र मनस्थितिलाई बलियो पार्नु नै हाम्रो दैनिकि व्यवस्थापन गर्नु हो । भनिन्छ, हामी संग भएको सृजनशिलता र कृयाशिलता कहिल्यै लकडाउनले रोकिदैन ।
जसरी चन्द्र सुर्य, हावा, खोलानाला, रुख, पहाड, माटो, आकशले आ आफ्नो काम गरिराखेका हुन्छन । म बाच्दा नै सबै कुरा बाच्दछ । यो सत्य कुरा नै हो ।
त्यसैले हामि स्वयमले सुरक्षा गर्दै आफैलाई प्रोत्साहित गर्न र सचेतना संगै रहि मानसिक र सारिरिक स्वास्थ्य ठिक राख्न जरुरि छ । यो लकडाउनको वेलामा घरमा बस्दा अपनाउनुपर्ने यी ७ सुत्रहरु वुदागत रुपमा यश प्रकार छन ।
आफू बाँच्दै सबैलाई बचाऔ !
आफू हाँस्दै सबैलाई हसाऔ !!
१) दैनिक तालिकाः– विहान कति वजे उठ्ने देखि वेलुका सम्मको तालिका वनाउनु पर्दछ । सामान्य तरिकाले यो तालिका तयार गर्न सकिन्छ । जस्ले हाम्रो दिमागलाई एक किसिमको निर्देशन दिई दिमाग लाई तड्पने, भड्किने बाट जोगिन्छ । के गर्ने के गर्ने भन्ने अन्यौलता हराउछ । किनकि समय व्यवस्थापन नै जीवन हो । यसले आफु र आफ्नो परिवारलाई प्रेरणा मिल्दछ ।
परिस्थितिलाई जित्ने तालिका वनाउनु छ !
मनस्थितिमा सुन्दर फुल फुलाउनु छ !!
२)काम गर्ने ठाउँ तयार गर्नेः– म संग मेरो व्यक्तिगत अफिस छ भन्ने गरि कुनै कोठा वा एउटै कोठा भए कुनै कुनामा काम गर्ने ठाउँ वनाउनु पर्दछ । जहाँ बस्नको लागि हामी चिटिक्क, सफा भएर वस्ने । सोचौ कि यो लकडाउनको समय भरि यो ठाउँ नै मेरो अफिस हो । म विहान १० बजे देखि वेलुका ४ बजे सम्म घरकै अफिसमा रहि काम गर्दै छु ।त्यसको साथ साथमा हामी किचन,शौचालय, वेड रुम देखि सबै परिवार संग मिलि काम गर्ने गर्नु पर्दछ ।
सधाउछु सबैलाई सहयोग गर्ने यहि हो वेला !
सक्रिय वन्ने कामले हो नगरि यसलाई हेला !
३) कृयाकलापः– त्यसको साथ साथै विहान उठे देखि मानसिक र सारिरिक किसिमका कृयाकलापहरु जस्तै बच्चा संग खेलकुद, हिड्ने, कथा कविता भन्ने, योग ध्यान गर्ने, नाच्ने, गाउने, हास्ने, अन्य अभ्यास गर्ने गर्नु पर्दछ । स्वस्थकर रहने क्रियाकलापमा जोड दिने ।
जसले हासेर नाच्दछ !
उ फुर्तिलो भै वाच्दछ !!
४) समय र उर्जालाई व्यवस्थापनः– यो वेलाको प्रत्यक सेकेन्ड पनि महत्वपुर्ण छ भनेर सृजनशिल भएर सदुपयोग गर्ने र मुल्यवान जिवन छ भनी उर्जालाई सकारात्मक प्रयोग गर्ने गर्नुपर्दछ।
समयलाई सदुपयोग गरि उर्जा बढाउ !
चिनि जानि जिवनलाई मुल्यवान बनाउ !!
५) जीवन मूल्य, उदेश्य संगका र वाकि रहेका काम पूरा गर्ने:– जिन्दगिमा भ्याई नभ्याई जिउदै गर्दा केही लेख्न, गर्न, वनाउन, सिक्न, सौख लागेका विषयबस्तु वाकि छन भने । आफ्नो समयको पाबन्दिले पूरा हुन नसकेको जिवनको लक्ष्य, जीवन मूल्य वा बाकि काममा तल्लिन रहने र पूरा गर्ने । जस्तै कसैको किताव लेख्ने ईच्छा वाकि हुन सक्छ । कसैको गित सिक्ने ईच्छा वाकि हुन सक्छ । त्यसलाई पूरा गर्ने तर्फ लाग्ने । आफु भित्र भएको सृजनशिलता, प्रतिभालाई खोज्ने महत्वपुर्ण वेला हो यो।
सबैसंग वोलचाल गर्दै सृजना फुराउ !
वेसार, गुर्जाे जडिवुटिलाई मन पराउ !!
६) सम्बन्ध, सम्पर्क कायम राख्नेः– म सबै संग सम्पर्कमा रहन्छु भन्ने सोच राखि परिवार संग, साथिहरु संग, कामदारहरु संग, कार्यकर्ताहरु संग, अभियन्ताहरु संग, सस्थाका सदस्यहरु लगायत टोल, समाज का सबै संग फोन, फेसवुक समेत वाट सम्बन्ध कायम राखिरहने । मानिस भएर जन्मिए पछि सम्बन्ध, सम्पर्क महत्वपुर्ण हुन्छ । विशेष गरेर संगै पढेका लामो समय भेट नभएका साथिहरु संग जोडिने प्रयत्न गर्ने । जस्ले गर्दा आत्मवल वढाउँदछ ।
७) स्रोत व्यवस्थापन र सहयोगः– आफूसँग भएको स्रोत साधनलाई व्यवस्थित गर्ने । आवस्यक पर्दा सहयोग लिनु पर्ने एम्वुलेन्स, पानी, खाधान्न, डाक्टर, सामाजिक अभियन्ता र आफुलाई सहयोग गर्नेहरु संगको सम्पर्क नम्वर राखिरहने । छरछिमेकमा अरुलाई सहयोग चाहिएको छ भने जति सकिन्छ, जे सकिन्छ परोपकार गर्ने।
७ सुत्र संग संगै छन है प्रकाश, हावा, पानी !
माटो, आकाश सबै शक्ति हुन चलौ जानी !!
यश ७ सुत्र संगसंगै हावा, पानी, जडिवुटि, कागति, तुलसि, वेसार, गुर्जाे जस्ता शक्तिसालि चिजहरुलाई समय र आफ्नो शरीर अनुकुल हुने गरि प्रयोग गरौ । यो कोरोनाको कहरमा लकडाउन भएर घरमा एकान्तवास वसि रहदा मानसिक स्वास्थ्य लाई झन वलियो वनाउनु पर्ने हुन्छ ।
त्यसको लागि तयारि, सचेतना र सकारात्मकता संगै रहेर होसियारि, सजग रहने गर्नाले आफ्नो मन वलियो, जीवन व्यवस्थित वनाउन सकिन्छ । जस्ले गर्दा जीवन, समस्याको विचमा पनि सचेत एवं सार्थक वन्दछ ।
सचेत बनौँ र बनाऔँ ।
लेखक शाकाहारी अभियन्ता तथा सचेत क्रान्तिका सोचकर्ता हुन् ।













प्रतिक्रिया