शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मेडिकल सामाग्रीको लागि बेलायतस्थित नेपालीले गरे सांसद र स्थानीय संस्थामार्फत पहल

दैनिक नेपाल २०७८ जेठ १ गते १७:५३

काठमाडौँ, १ जेठ । नेपालमा बढ्दै गएको कोरोनाको महामारीमा बिरामीको संख्या बढ्दै जाँदा अभाव हुँदै गएको अस्पतालको बेड, अक्सिजन र भेन्टिलेटरको समाचारले स्वदेस मात्र हैन विदेशमा बस्ने नेपालीहरुलाई पनि पिरोलेको देखिन्छ ।

त्यसैले आफु बसेको देशबाट गर्न सकिने सहयोगको लागि प्रयास गरिरहेको समाचार प्राप्त भएको छ ।

विदेशस्थित दुतावास मात्र हैन संघ संस्था र व्यक्तिगत तवरले पनि आफ्नो सम्बन्धलाई सदुपयोग गर्दै मेडिकल सामाग्री व्यबस्थाको लागि लागि परेका छन् ।

यसै सिलसिलामा बेलायतमा रहेका बेजिंगस्टक मल्टिकल्चरल फोरमका अध्यक्ष शिवजी श्रेष्ठले सो संस्था मार्फत मेडिकल सामग्रीको लागि पहल गरेका छन् । २७ देशका सांस्कृतिक समुदाय समेटिएको सो संस्थाले ५ वर्ष अघि नेपालमा भूकम्प आएको बेला पनि सहयोग गरेको थियो ।

त्यसै गरी सत्तारुढ पार्टीका सांसद पुर्ब मन्त्री एबम बेलायती संसदका महिला तथा समानता छनौट समितिका सभापति मारिया मिलरलाइ पत्र लेख्दै शिवजी श्रेष्ठले नेपालमा बढ्दो बिकराल स्थितिमा बेलायती सरकारको तर्फबाट हुन् सक्ने मेडिकल सामाग्री सहयोगको लागि पहल गरिदिन गरेको अनुरोधलाई तत्कालै जवाफ पठाउँदै आगामी शुक्रबार मिटिंगको लागि निमन्त्रणा पाएको कुरा श्रेष्ठले बताए ।

सांसद मारिया मिलर अध्यक्ष रहेको रिफरेन्स समितिमा सांसदद्वारा मनोनित सदस्य श्रेष्ठले सोहि समितिमा सदस्य रहेका ह्याम्प्सायर हस्पिटल फाउन्डेसन् ट्रष्टका सीईओ संग पनि यस बारेमा पनि आफ्ना कुरा राखेका छन् ।

त्यसैगरी शिवजी श्रेष्ठको अनुरोधमा श्रेष्ठ सम्बद्ध बेलायतको प्रतिपक्षी लेबोर पार्टीका स्थानीय काउन्सिल लिडर एन्डी म्याकोर्मिकले काउन्सिल र पार्टीका सदस्यहरुलाई पनि नेपालमा बढ्दै गएको कोरोनाका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर जस्ता सामाग्रीको लागि सहयोगको लागि पहल गरेका छन् ।

आफुले गरेको पहलको सकारात्मक प्रतिक्रियाबाट उत्साहित श्रेष्ठले संसार भर रहेका नेपालीहरुले आफु रहेको देशका सरकार र अन्य सहयोगी संस्थाहरुलाई आफ्नो सम्बन्ध सदुपयोग गर्दै नेपालमा मेडिकल सामाग्री पठाउने कार्यमा लागि पर्न अनुरोध समेत गरेका छन् ।

विशेष गरी बेलायती सांसदहरु मार्फत बेलायती सरकारलाइ ध्यानाकर्षण गराउन सके त्यसले सकारात्मक परिणाम ल्याउन सक्ने कुरा उनले बताए ।

यस अघि पनि आफ्नो जन्मथलो ओखलढुंगाको जिल्ला अस्पतालमा भक्त श्रेष्ठसंग मिलेर शिवजी श्रेष्ठले अक्सिजन कन्सन्ट्रेटर मेसिन पठाएका थिए।

प्रतिक्रिया
सम्बन्धित