बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

मुठिखोलेर सहयोगी हात बढाऔं

दैनिक नेपाल २०७८ वैशाख ३१ गते ७:४१

मानिस धेरै मरिसके । रिप लेख्दा–लेख्दा हातै काम्नथालिसको । कुनवेला झुक्याउने हो ठेगान कसैको छैन । आजदेखेका, बोलेका हाम्रै वरपरका, चिनजानका धेरैले अल्पायुमै टिकट लिइसके । हेल्चेक्राई नगरौं ।

२–४ दिन ड्राइफुड खाऔं, घरमै बसेर अत्यावश्यक सेवाका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी लगायतलाई सहयोग गरौं, उनीहरूको मनोवल बढाऔं । संगसंगै आफू बचेर आफ्ना आफन्त र समाजलाई समेत जोगाऔं ।

आजै देशका प्रधानमन्त्रीहरूको सूचिको ४३औं नम्बरमा आफ्नो नाम दर्ज गर्दै एक निडर एवं विकास र समृद्धिका पथप्रदर्शक उनै पुरानै व्यक्तित्व केपी ओली सरले तेश्रो पटक राष्ट्रको कार्यकारी प्रमुखको रूपमा सपथ लिइरदा उहाँप्रति शुभेच्छा र सद्भाव प्रकट गरौं, ताकि अब सरकार आफ्ना नागरिक र आफ्नो देशको हितका लागि जस्तोसुकै एक्सनमा उत्रन परेपनि रतिभर डगनमगाओस् ।

मास्कको सहि प्रयोग गरौं, पूर्व स्वास्थ्यमन्त्री झैं नमूनादार नबनौं, खानामा भन्दाबढी हात धुनेतर्फ ध्यानदिऔं, सामाजिक दुरी र हलुवापुरी मात्रै होइन झोलिलो मोलिलो, टुसा उम्रेको गेडागुडी, टाउको खुट्टीको रस, लोकल कुखुरा, वेसारपानी, अदुवालसुनलाई कोरोना महामारीबाट बच्ने घरेलु उपायाको रूपमा सकेसम्म बढी नै प्रयोग गरौं भन्ने डक्टरहरूको बचनलाई खेरजान नदिऔं । अनि यी तल तस्वीरमा देखिएकी स्वास्थ्यकर्मी नानीले बोकेको प्लेकार्ड एकचोटी पढौं ।

राज्यको क्षमता र यसका सम्पूर्ण अंगहरूको अवस्था अनि वर्तमान विषम परिस्थितिलाई नजरअन्दाज गर्ने, अनुमान लगाउने र सामाजिक संजालमा रमाउनेभन्दा पनि जो जहॉ र जे जस्तो हैसियतमा छौं त्यहीबाट मुठिखोलेर सहयोगी हात बढाऔं ।

जनहितमा अमेरिकाको क्यालिफोर्नियाबाट जी थापाद्वारा जारी ।

प्रतिक्रिया
सम्बन्धित