बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

ओली-नेपालबीच कार्यदल बनाएर विवाद समाधान गर्ने सहमति

दैनिक नेपाल २०७८ वैशाख ३० गते १८:५३

काठमाडौँ, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद समाधानका लागि कार्यदल बनाउने सहमति भएको छ ।

काठमाडौंको चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा ओली र नेपालबीच बिहीबार करिब ४ घण्टा भएको वार्तामा यस्तो सहमति भएको हो ।

नेता नेपालले ६ बुँदे प्रस्ताव राखेको र त्यसमा अध्यक्ष ओली पनि सकारात्मक भएको दावी गरेका छन् । ‘मैले २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वमा फर्कनुपर्ने तथा २८ फागुनयता भएको निर्णय फिर्ता गर्नुपर्ने कुरा राखेँ’ नेता नेपालले भने, ‘यसमा सकारात्मक जवाफ आएको छ ।’

उनीहरुबीचको अडानलाई कार्यदलले समाधान निकाल्ने सहमति भएको बताइएको छ ।

त्यस्तै, नेता नेपालले आफू पक्षको सांसदहरुले गर्ने भनेको राजीनामा केही दिनका लागि टरेको पनि बताएका छन् ।

वार्तापछि प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।

बिहीबार बालुवाटारमा अध्यक्ष ओलीको नेतृत्वमा बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई गरेको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।
उता नेपाल पक्षको बैठकले पनि वार्तामा जाने निर्णय गरेअनुसार वार्ता भएको हो । यससँगै एमालेको विवाद समाधान हुनेमा नेताहरुले अनुमान लगाउन थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित