शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

ओपोद्वारा उल्लेखनीय ब्राण्ड पावर परफरमेन्स प्रदर्शित

दैनिक नेपाल २०७८ वैशाख २९ गते ८:११

शन्चन्, २९ वैशाख । शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्तरुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१ र्‍याकिंग रिपोर्ट सार्वजनिक गरिएको छ ।

सो रिपोर्टमा ओपो आउटस्ट्यान्डिंग चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डरका रुपमा छनोट हुँदै छैठौँ स्थानमा पर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।

विकसित बजारहरुमा ओपोको ब्राण्ड पावरमा सन् २०१८देखि निरन्तर बृद्धि हुँदै ३० प्रतिशतभन्दा बढीको कम्पाउण्ड ग्रोथ रेट हात पार्दै आएको छ ।

उदयिमान बजारहरुमा आउटस्ट्यान्डिङ ब्राण्ड पावरका साथमा दोस्रो स्थान प्रदान गरिएको छ ।

अग्रणी ग्लोबल स्मार्ट डिभाइस ब्राण्डका रुपमा लगातार ५ वर्षदेखि ओपो सूचिमा सम्मिलित रहँदै आएको छ ।

कम्पनीको र्‍याङ्किंग प्रभावशाली उपलब्धि र विश्वबजारमा बढ्दो ब्राण्ड प्रभावका कारण निरन्तर उत्कृष्टता उन्मुख रहँदै आएको छ ।

कार्यक्रममा उदयिमान बजारहरूमा अवसरको अन्वेषण शिर्षक बोल्दै, ओपोका ग्लोबल सिनियर ब्राण्ड डिरेक्टर डेरेक सनले भने, ‘सूचिमा ओपोले यस्तो सम्मानित श्रेणी पाउँदा हामी निकै उत्साहित छौँ ।’

‘विदेशी बजार प्रवेश गरिरहेका चिनिया ब्राण्ड मध्य ओपोले सधै उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै तत्परताका साथ तिनका लागि नवप्रबर्तनात्मक उत्पादनहरु पस्किँदै आइरहेको छ’, उनले भने, ‘ब्राण्ड मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’लाई मूर्तता दिँदै हामी उपभोक्ताको जीवनमा उत्कृष्टता प्रदान गर्दै ब्राण्ड प्रभाव बढाउँदै लाने छौँ ।’

प्रतिक्रिया
सम्बन्धित