शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ओलीनै हो प्रधानमन्त्री बन्ने, टुहुरा र निरीह २८ माननीय होस् गर्नुस्

शिव अर्याल २०७८ वैशाख २८ गते १०:०१

शिव अर्याल

संसदमा अनुपस्थित भै ह्विप उल्लंघन गरेका एमाले २८ सांसदहरूलाई नयाँ सरकार गठनमा कता सघाउने भन्ने ठूलो चूनौती थपिएको छ ।

संविधानको धारा ७६ (२) मा किटानी साथ ‘दुई वा दुईभन्दा बढि दलहरूको समर्थनमा’ भन्ने शब्द उल्लेख भएकोले उनीहरूले एमाले सांसदकै हैसियतमा शेरबहादुर देउवालाई समर्थन दिन संविधानले दिदैन, मिल्दैन, कथंमकदाचित देउवाको समर्थनमा हस्ताक्षर बुझाए भने राष्ट्रपतिले एमाले संसदीय दलको समर्थनको पत्र माग्ने अवस्था हुनेछ ।

यता, महन्त ठाकुरको समर्थनमा केपी ओलीकै नेतृत्वमा ७६ (२)को एमाले कै सरकार गठन गर्न नैतिकता र लाजले पनि दिनेछैन । यसरी अब संसदमा टुहुरा जस्तै भएका २८ सांसदहरू यता न उताका हुन पुगेका छन् । केपी ओलीको शेखी तोड्न ह्विप उल्लंघन गरेका यिनीहरूको आँखा अगाडि नै देउवाको बहुमत नपुगी ३ दिनपछि संविधानको धारा ७६(३) बमोजिम केपी ओली नै प्रधानमन्त्री हुनेछन् ।

अहिले नै सांसदबाट कार्यवाही गर्दा संसदको कुल संख्या घट्न गई देउवालाई बहुमत पुर्याउन सजिलो हुने हुँदा यतिबेलै २८ भाईबैनीलाई केपीले हटाउने छैनन् । तर, ७६(३) अनुसार प्रधानमन्त्री भएपछि भने हारगुहार गरे मात्र सांसद पद जोगीएला ! यसरी दुरगामी दृष्टिले अठ्ठाईसेहरूको राजनैतिक भविश्य त कलंकित त भयो नै तत्कालको निम्ती पनि उपलब्धिबिहीन र आत्मघाती कदम ठहरिने निश्चित देखियो ।

भनिन्छ तातै खाम जल्दै मरम् । बुद्धिले अरूलाई खा रिसले आफैलाई खा । माधव नेपाल र झलनाथ खनालको तातो आबेग र प्रतिशोधको ज्वालाले उज्ज्वल भविश्य बोकेका अन्य होनहार युवाहरूको भविश्य पनि खरानी हुँदैछ । समयमै चिसो पानीले नुहाएर ठण्डा दिमागले सोँचे हुन्थ्यो !

(लेखक अधिवक्ता हुन्)

प्रतिक्रिया
सम्बन्धित