शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

माधव–झलनाथ समूह संसदको विशेष अधिवेशनमा अनुपस्थित हुने, हरायो राजीनामा

दैनिक नेपाल २०७८ वैशाख २७ गते ११:२९

काठमाडौं, २७ वैशाख । नेकपा एमालेका असन्तुष्ट सांसदहरु आज बस्ने संसदको विशेष अधिवेशनमा अनुपस्थित हुने भएका छन् ।

राजीनामको अन्तिम तयारी भन्दै बसेको बैठकले राजीनामा रोकेर बैठकमा अनुपस्थित हुने निर्णय गरेको हो ।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई विश्वासको मत दिनु लोकतन्त्र कमजोर तुल्याउनु हो भन्ने निष्कर्षका साथ उनीहरु बैठकमा सहभागी नहुने भएका हुन् ।

सिंहदरबारमा बसेको माधवकुमार नेपाल समूहको बैठकपछि नेता भीम रावलले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने समेत बताएका छन् । ओलीको कुनै पनि निर्देशन मान्य नभएको बताउँदै नेता रावलले ओली पार्टीको वैधानिक अध्यक्ष नभएको दाबी गरेका छन् ।

‘ओलीको कुनै निर्देशन हामीलाई मान्य छैन । उहाँको कुरा मान्नुपर्ने हो भने वैध अध्यक्ष हुनुपर्छ। ओलीको ह्वीप मान्य छैन,’ उनले भनेका छन् । उनीहरुको यो निर्णयसँगै सामुहिक राजीनामाको प्रसङ्ग करिब बन्द भएको छ ।

प्रतिक्रिया
सम्बन्धित