शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अमेरिकामा अस्वेत व्यक्तिको गोली प्रहारबाट नेपाली विद्यार्थी घिमिरेको हत्या

दैनिक नेपाल २०७८ वैशाख २७ गते ६:२४

विजय थापा

डिसी महानगर । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत शनिबार बिहान भएको गोलीकाण्डमा कूल ४ जना मृत्यु हुनेमध्येका एकजना नेपालीको पहिचान भएको छ ।

उनको नाम पारिवारिक तथा नेपाली समुदायका अनुसार अन्दाजी २४–२५ वर्षीय सागर घिमिरे भएको पुष्टि भएको छ ।

उनका नजिकका आफन्तका अनुसार उनी निकै प्रतिभावान, होनहार र विश्वविद्यालयबाट स्वर्ण पदक प्राप्त विद्यार्थी समेत हुन् ।

घटना बाल्टिमोरकै उपनगर क्षेत्र वुडलन भन्ने स्थानमा बिहानै करीव ६ः३० मा भएको थियो । उक्त स्थान बाल्टिमोरको मुख्य शहर इनर हार्बरदेखि ९ माइल उत्तरपश्चिममा रहेको छ ।

बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार उनीहरूलाई घरमा आगजनी र गोलीवारी भएको घटना बारेमा जानकारी गराएपछि घटनास्थलमा ६ः४० बिहान पुगेका थिए । प्रहरीहरू त्यहाँ पुग्दा गोली चलाउने बन्दुकधारी ५६ वर्षीय एभर्टन गोली चलाई रहेकोले प्रहरीको गोलीबाट उनको मृत्यु भएको थियो ।

घरमा आगो लागेपछि बाहिर भाग्ने बित्तिकै ब्राउनले घिमिरेलाई गोली र श्याम अधिकारीलाई गोली हानेका थिए । संयोगवस अधिकारी बचेका छन् ।

२६ वर्षीय अधिकारीको अस्पतालमा उपचार भै रहेको छ । उनको नेपालको सर्लाही घर भएका व्यक्ति हुन् ।

उनको यूनिवर्सिटी अफ मेरील्यान्ड बाल्टिमोरमा उपचार भैरहेको छ । उनको अवस्था खतरा मुक्त छ । माहवाणिज्य दूत प्रेमराजा महतले घाइतेलाई भेटेका छन् ।

प्रतिक्रिया
सम्बन्धित