मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

व्यङ्ग्य ब्लग : एमालेमा माधव पक्षको सामुहिक राजीनामाको इतिवृत्तान्त

माधव पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिने !

निर्मल भट्टराई २०७८ वैशाख २६ गते १४:३७

पहिलो दृष्य :

बालुवाटारसँग मिल्न नसक्ने निष्कर्षसहित सामुहिक राजिनामाको तयारी ।

शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन आवश्यक संख्या पुर्याउन सामुहिक राजीनामाको तयारी ।

प्रचण्डसँगको मायाप्रिति त्याग्न नसकिने हुनाले सामुहिक राजीनामाको तयारी ।

कम्फरटेवल सरकार बन्ने स्थितिको निर्माण गर्न सामुहिक राजीनामाको तयारी ।

आफ्नो पार्टीको सरकारलाई विश्वासको मत दिन नसकिने हुँदा सामुहिक राजीनामाको तयारी ।

ओलीलाई ढाल्ने सुनौलो अवसर आएकाले सामुहिक राजीनामाको तयारी ।

दोश्रो दृष्य :

नेपाल पक्षका सबै संघीय सांसदको राजीनामाको प्रारम्भिक मस्यौदा तयार ।

राजीनामाको प्रारम्भिक मस्यौदा माधव पक्षका सबै सांसदको खल्ती खल्तीमा ।

राजीनामाको भाषा, त्यसमा प्रयोग भएका शब्दको विश्लेषण गरी २४ घण्टाभित्र सुझाव पेश गर्न डा. भीम रावललाई विशेष जिम्मेवारी ।

डा. भीम रावलको सुझाव समेटेर राजीनामाको अन्तिम रुप तयार ।

राजीनामाबारे सहकर्मी सहधर्मीको सुझाव लिन खुमलटार र बुढानिलकण्ठमा पत्राचार । पत्रमा मस्यौदा समावेश ।

प्रधानमन्त्री ओलीविरुद्ध राजीनामामा निकै नरम भाषा प्रयोग भएकाले १९ बुँदेबाट साभार गर्न खुमलटारको सुझाव ।

राजीनामा साँच्चै अगाडि नबढ्ने हो कि, धोका हुने हो कि भन्ने बुढानिलकण्ठको आशंका ।

राजीनामा सम्पूर्ण रुपले तयार भएको बालुवाटारलाई जानकारी । सबैको राजीनामापत्र माधव नेपालको ब्रिफकेसमा ।

वार्ताको तयारी । बालुवाटारले लचकता अपनाए पनि आफ्नो पुरानै अडान प्रस्तुत । आफूले भनेबमोजिम गर्न बालुवाटालाई २४ घण्टे अल्टिमेटम । मेरो गोरुको बाह्रै टक्का, नत्र राजीनामा पक्का !

अब सँगै जान नसकिने निष्कर्षसहित राजिनामा अगाडि बडाउन माधव पक्षको ‘स्थायी कमिटी’को वैठक आव्हान ।

तेश्रो दृश्य :

राजीनामापत्रमा हस्ताक्षर गर्न अधिकांश सांसदहरुद्वारा अस्वीकार । मैदानभित्रै बसेर खेल खेल्ने भनाई । राजीनामा गर्न नेपालको एकोहोरो दबाब ।

माधव पक्ष अझै अनिर्णित । नेतृत्व र सांसदबीच गम्भीर मतभेद ।

राजीनामाका लागि चाहिने आवश्यक संख्या नपुगेकाले माधव पक्षले राजीनामा नदिने, प्रधानमन्त्रीलाई विश्वासको मत दिने !!

प्रतिक्रिया
सम्बन्धित