बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

अमेरिकामा एक सय वर्ष उमेरको माछा समातियो

दैनिक नेपाल २०७८ वैशाख २५ गते ७:५३

न्युयोर्क । अमेरिकाको डेट्रोइट नदीमा १ सय वर्ष उमेरको १०८ किलो तौल रहेको माछा समातिएको छ ।

अमेरिकाको माछा तथा वन्जयन्तु सेवा कार्यालयले पोथी माछा समातेर नापजाँच तथा तौल गरेसँगै पुनः नदीमा छाडिएको छ ।

आफ्नो फेसबुक पेजमा कार्यालयले उक्त माछाको बारेमा दिएको जानकारी अनुसार उक्त माछाको लम्बाई २.१ मिटर छ ।

सो माछालाई रियल लाइफ रिभर मोन्स्टरको उपमा दिइएको छ । यो माछा स्टुर्जिएन प्रजातिको हो ।

सामान्यतया यो प्रजातिको माछामा भालेको आयु ५५ वर्षको हुन्छ भने पोथीको आयु ७० देखि १ सय वर्षसम्मको हुन्छ ।

डेट्रोइट नदीमा चलिरहेको वार्षिक माछा अध्ययनका क्रममा गत अप्रिल २२ मा नदीको दक्षिणी भागस्थित ग्रोस्से इल क्षेत्रमा सो माछा फेला परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित