बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

शुक्रबार थप ५० जना संक्रमितको मृत्यु, ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

दैनिक नेपाल २०७८ वैशाख २४ गते १७:१२

काठमाडौं, २४ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा शुक्रबार थप ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १९ हजार १८७ जनाको आरटी–पीसीआर गर्दा ९ हजार २३ जना र ४९५ जनाको एन्टिजेट परीक्षण गर्दा १७३ जना गरी कुल ९१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ७७ हजार ६०३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ जना पुगेको छ । यो कुल संक्रमितको ७८.२ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ जना छ । संक्रमितको संख्या तीव्र गतिमा वृद्धि भएसँगै पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २५ लाख ९८ हजार ४०५ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ७८ हजार ६२९ जना आइसोलेसन र ३८० जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित