शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्चको आदेश

दैनिक नेपाल २०७८ वैशाख २४ गते १६:५३

काठमाडौं, २४ वैशाख । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चले उनलाई पाँच लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको हो ।

बस्न्यातले केही दिनअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । बस्न्यात विशेष अदालतको आदेशमा २०७७ मंसिर २८ गतेदेखि थुनामा रहँदै आएका थिए ।

तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको भन्दै अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्त समेत रहेका बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित