६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

परिषद्का अध्यक्ष समेत रहेको ओलीले आगामी आइतबार बस्नेगरी परिषदको बैठक बोलाएका हुन् । राजनीतिक स्वार्थहरुका कारण लामो समयदेखि परिषद्को बैठक बस्न सकिरहेको थिएन ।

विद्यमान व्यवस्थालाई राजनीतिक स्वार्थ पूर्तिमा प्रयोग गरिएका कारण बैठक बस्न नसकेपछि सरकारले केही दिनअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो भने राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेकी थिइन् ।

सोही बमोजिम बैठक आह्वान भएको बताइएको छ । परिषद्मार्फत सिफारिस हुनुपर्ने थुप्रै संवैधानिक आयोगहरु लामो समयदेखि पदाधिकारीविहीन भइरहेका छन् । आगामी बैठकले पदाधिकारीहरु सिफारिस गर्ने सम्भावना छ ।