
काठमाडौं, २४ वैशाख । बिल र स्टिकर नभएको स्यानिटाइजरसहित सुरहाका भगवानबाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानरगपालिका–१७ क्षेत्रपाटी बस्ने सिरहा लहान नगरपालिका–२४ का ३३ वर्षीय भगवानबाबु रायलाई बिल र स्टिकर नभएको ६२० लिटर सनिटाइजरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट उक्त परिमाणको स्यानिटाइजरजस्तो देखिन पदार्थसहित ८ थान पल्स अक्सिमिटर, १३ वटा गो सेफ लेखिएको स्टिकर र २ थान बिल प्याड पनि प्रहरीले बरामद गरेको छ ।
काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीस्थित रायको बीबीआर ईन्टरप्राईजेज मेडिकलबाट बढी मूल्यमा विभिन्न कम्पनीका सामानहरु बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त मेडिकल तलासी लिने क्रममा उक्त सामानहरु फेला पारी सहित बिहीबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।















प्रतिक्रिया