
काठमाडौं, २४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।
उनले ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जदीका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी छिन् । ‘नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौं,’ राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छिन् ।
बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको हिजो बिहीबार निधन भएको थियो । छातीमा समस्या देखिएपछि उनलाई बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।















प्रतिक्रिया