६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रियसभाका लागि उम्मेदवार टुङ्गो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । राष्ट्रियसभाका लागि उम्मेदवार टुङ्गो लगाउन एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

बैठकमा बागमतीको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको उम्मेदवार टुंग्याउनेदेखि माधव नेपाल पक्षका नेताहरुमाथिको कारबाही फुकुवा हुनेसम्मको निर्णय हुन सक्ने बताइएको छ ।

यसअघि एमालेका दोस्रो तहका नेताहरुबीच घनिभुत छलफल भएको छ । स्वयम् केपी ओलीसँग माधव पक्षका नेता घनश्याम भुषाल र योगेश भट्टराईहरुले लामो छलफल गरेको समाचार सार्वजनिक भएको छ ।

महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेलले बुधवार र विहीवार माधव नेपाल पक्षका नेताहरुसँग छलफल गरेको तथा बिष्णु पौडेल र सुवास नेम्वाङले ओली र नेपालबीच पनि संवाद प्रयास गरिरहेका बताइएको छ ।