मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

एनएमबि बैंकद्वारा विभिन्न खातामा बीमा दाबी भुक्तानी

दैनिक नेपाल २०७८ वैशाख २३ गते २२:०५

काठमाडौं, २३ वैशाख । एनएमबि बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भीर रोगविरुद्घ प्रदान गरिने बीमा दाबी भुक्तानी दुर्घटना हुनासाथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ ।

सहारा बचत खाताअन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भएको बैंकले बताएको छ । हालसम्म बीमा दाबी भुक्तानीवापत ६१ लाख ३ हजार ८४१ रूपैयाँ भुक्तानी भइसकेको बैंकले जानकारी दिएको छ । बैंकले उक्त भुक्तानीे इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्समार्फत गरेको हो ।

आफ्नो स्थापना कालदेखि नै ग्राहक केन्द्रित भएर काम गरिरहेको बैंकले ग्राहकलाई उच्च बीमा कभरेज र भविष्यका अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।

बैंकको तलव खाता योजनामा शून्य मौज्दातमै नेपालभरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम कार्डका साथै सात लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपालभरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम, कार्ड दश लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा पुर्याउँदै आइरहेको छ ।

एनएमबि बैंकले हाल देशभर १८१ वटा शाखा, १३६ वटा एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित