६ कार्तिक २०८३, शुक्रबार

निषेधाज्ञा अवज्ञा गर्ने २८३ जनालाई प्रहरीले लियो नियन्त्रणमा, १९३ वटा सवारीमाथि कारबाही

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २३ वैशाख । जिल्ला प्रहरी कार्यालय बर्दियाले जिल्लामा जारी निषेधाज्ञाको अवज्ञा गर्ने २८३ जनालाई नियन्त्रणमा लिएको छ भने १९३ वटा सवारीसाधनमाथि कारबाही गरेको छ ।

निषेधाज्ञाको चौथो दिन मात्रै २८३ जना र १९३ वटा सवारीसाधनमाथि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।

बिहीबार उक्त कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलिले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ८० वटा साइकल, ८५ वटा मोटरसाइकल, १८ वटा चारपाङ्ग्रे सवारीसाधन १० वटा अटोरिक्सा तथा २८३ जना मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको शाहीले जानकारी दिए ।

निषेधज्ञाको पूर्ण पालना गरी आँफु बच्न र र अरुलाई समेत कोरोना भाइरसको संक्रमणबाट बचाउन प्रहरी कार्यालयले आम नागरिकमा अपिल गरेको छ ।