६ कार्तिक २०८३, शुक्रबार

देउवासँगको भेटपछि माधव नेपाल पुगे शितलनिवास

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि शितलनिवास पुगेका छन् ।

कांग्रस सभापति देउवासँगको करिब १ घण्टाको छलफलपछि लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका हुन् ।

देउवासँगको भेटघाटबारे भने उनले केही खुलाएका छैनन् ।

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतलाई फेल गराउन सामूीहक राजीनामाको तयारी गरिरहेका नेता नेपाल समूहले राष्ट्रपतिसँग गरेको यो भेट निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैबीच नेता नेपाललगायत केही नेतालाई एमालेले गरेको कारबाही फुकुवा गर्नेसम्बन्धी छलफल भएको विषय समेत बाहिर आइरहेका बेला माधव नेपाल लामो समयपछि शितलनिवास छिरेका हुन् ।