शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बिहीबार कुन जिल्लामा कति थपिए नयाँ संक्रमित ? यस्तो छ प्रदेशहरूको अवस्था

दैनिक नेपाल २०७८ वैशाख २३ गते १८:०९

काठमाडौं, २३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये बैभन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा ४५१९ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा २८० जना संक्रमित थपिएका छन् ।

यस्तै प्रदेश १ मा ६१२ जना, प्रदेश २ मा ४७३ जना, गण्डकी प्रदेशमा ६१० जना, लुम्बिनी प्रदेशमा २१६५ जना र सुदूरपश्चिम प्रदेशमा ३११ जना संक्रमित थप भएका छन् ।

कुन जिल्लामा कति थपिए नयाँ संक्रमित ?

आज प्रदेश १ को इलाममा १४, उदयपुरमा ९, खोखलढुंगामा ७, खोटाङमा २, झापामा १५३, ताप्लेजुङमा ०, तेह्रथुममा ३, धनकुटामा ५, पाँचथरमा ४, भोजपुरमा ५, मोरङमा २५५, सङ्खुवासभामा १८, सुनसरीमा १३३ र सोलुखुम्बुमा ४ जना संक्रमित थपिएका छन् ।

प्रदेश २ को धनुषामा १४०, पर्सामा १०४, बारामा ४३, महत्तोरीमा ५५, रौतहटमा ३९, सप्तरीमा २४, सर्लाहीमा २८ र सिरहामा ४० जना संक्रमित थपिएका छन् ।

त्यस्तै बागमती प्रदेशको काठमाडौंमा ३,१६३ काभ्रेपलाञ्चोकमा ५२, चितवनमा ८६, दोलखामा ३६, धादिङमा ८३, नुवाकोटमा ४९, भक्तपुरमा २४२, मकवानपुरमा १२६, रसुवामा ४४, रामेछापमा १६ जना, ललितपुरमा ५६७, सिन्धुपाल्चोकमा ४६ र सिन्धुलीमा ९ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको कास्कीमा ३७५, गोर्खामा ७४, तनहुँमा ४४, नवलपरासी पूर्वमा १, पर्वतमा १३, मुस्ताङमा १, म्याग्दीमा ३२, लमजुङमा ३४, बागलुङमा १२ र स्याङ्जामा २४ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७३, कपिलवस्तुमा ५०, गुल्मीमा १९, दाङमा २४६, नवलपरासी पश्चिममा १६०, पास्लामा ६, प्युठानमा ११, बर्दियामा ४२, बाँकेमा ३९८, रुकुमपूर्वमा १, रुपन्देहीमा १,०६९ र रोल्पामा १० जना संक्रमित थपिएका छन् ।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा ५, जाजरकोटमा ८, जुम्लामा १०, दैलेखमा ४३, मुगुमा ०, रुकुमपश्चिममा १, सल्यानमा ३, सुर्खेतमा २०६ र हुम्लामा ४ जना संक्रमित थपिएका छन् ।

र, सुदूरपश्चिम प्रदेशको अछाममा ५९, कञ्चनपुरमा २२, कैलालीमा ११५, डडेल्धरामा ४९, डोटीमा ३१, दार्चुलामा ३, बझाङमा २, बाजुरामा ० र बैतडीमा ३० जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित