बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

२४ घण्टामा थप ५४ जना संक्रमितको मृत्यु, ९ हजार ७० जनामा संक्रमण पुष्टि

दैनिक नेपाल २०७८ वैशाख २३ गते १७:२३

काठमाडौं, २३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५२९ पुगेको छ ।

बिहीबार थप ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ जना छ । संक्रमितको संख्या तीव्र गतिमा वृद्धि भएसँगै पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २५ लाख ७८ हजार ४१८ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ७२ हजार ५६१ जना आइसोलेसन र ३१४ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित