शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

यात्रुसँग बढी भाडा लिने थप दुई जना कलंकीबाट पक्राउ

दैनिक नेपाल २०७८ वैशाख २३ गते १६:३९

काठमाडौं, २३ वैशाख । यात्रुसँग बढी भाडा लिने थप दुई जनालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ ।

यात्रुसँग मनोमानी रुपमा भाडा लिइरहेको अवस्थामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले कलंकी चोकबाट २ जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौंबाट झापाको नियमित भाडा १ हजार रुपैयाँदेखि १ हजार २०० रुपैयाँसम्म भए पनि यात्रुसँग दुई गुणा बढी उठाउने खोटाङ घर भइ कलंकी बस्ने ३५ वर्षीय भीमबहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने ५० वर्षीय बैजनाथ चौधरीलाई आज बिहीबार महाशाखाको सादा पोशाकको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले उपत्यकाको रिङ्गरोडमा चल्ने बा ४ ख १९२५ नम्बरको पाथिभारा दर्शनको भाडा बसमा यात्रु लग्ने गरी टिकट काटिएको र प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँका दरले भाडा उठाएको प्रहरीको भनाइ छ ।

यसअघि हिजो बुधबार नयाँ बसपार्कबाट बढी भाडा असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित