६ कार्तिक २०८३, शुक्रबार

एमाले बागमती प्रदेशको मुख्य सचेतकमा निरौला

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमाले वागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत भएका छन् ।

तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानून मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनीत गरिएको हो ।

दलका नेता एवम् वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज वागमती प्रदेशसभा सचिवाललाई जानकारी समेत गराइएको हो ।