शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

थप चार जिल्लामा निषेधाज्ञा जारी, निषेधाज्ञा जिल्ला संख्या ५६ वटा पुग्यो

दैनिक नेपाल २०७८ वैशाख २३ गते १३:४८

काठमाडौं, २३ वैशाख । आजदेखि थप ४ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

यो सँगै निषेधाज्ञा लागू भएको जिल्लाको संख्या ५६ वटा पुगेको छ । सरकारले विहीबारदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू गरेपछि निषधाज्ञा जारी भएका जिल्ला ५६ पुगेका हुन् ।

सरकासरले थप गरेका चार जिल्लामध्ये बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा तथा बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी छ। बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर कास्की, कैलाली, पर्सा, कञ्चनपुर र सुनसरी गरी १० जिल्लामा भने निषेधाज्ञा लम्ब्याइएको छ । यी जिल्लाहरुमा २७ गतेदेखि आउँदो २९ गतेसम्मको विभिन्न मितिमा निषेधाज्ञा लम्ब्याइएको हो ।

बारा र सिरहामा बिहान ६ बजेदेखि शुरु भएको निषेधाज्ञा आदेश अर्को सूचना जारी नभएसम्म रहने छ । बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको जनाएको छ । बाग्लुङकै तमानखोला र बरेड गाउँपालिकामा भोलि शुक्रबार बिहान ५ बजेदेखि निषेधाज्ञा शुरु हुने छ ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अन्तर्गत बनदेउदेखि तातोपानीसम्म, खाडीचौरदेखि ठूलोपाखर हुँदै मुडे सडकखण्डको जिल्लाभित्र, बनदेउदेखि चौतारा हुँदै स्याउलेसम्म, जिरोकिलो हुँदै बाहुनेपाटी–सिपाघाट मेलम्ची–हेलम्बुको केउल सडकखण्डमा दायाँ बायाँ पाँच–पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ ।

त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११, बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित