शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अमेरिकाको न्युजर्सीमा नेपाली विद्यार्थी साहको शव फेला

दैनिक नेपाल २०७८ वैशाख २३ गते ७:४४

विजय थापा

अमेरिका । अमेरिकाको न्यूजर्सीबाट हराई रहेका नेपाली विद्यार्थी अजय साहको शव फेला परेको छ ।

जनवरी महिनादेखि न्यूजर्सीबाट न्यूयोर्कको लागि हिडे भनेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले प्राप्त गरेको निश्चित गरेको छ । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

जनवरी १८ देखि हराइरहेको उनका दाई शिव साहले जानकारी गराएका थिए । साह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु पनि अमेरिकाकै टेक्ससमा बसोबास गर्दै आएकाले उनी भाईको खोजीको लागि टेक्ससबाट न्युजर्सी आएका थिए ।

नेपालमा सिरहा घर भएका २२ वर्षीय साहको गत सोमबार शवको पहिचान भएको थियो । शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ ।

अनुसन्धानकर्ताका अनुसार न्यूजर्सीबाट उनीन्यूयोर्कको पेन स्टेसनको लागि चढेको खुलासा गरेका छन् ।

गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका क्यामरा पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफू साथ क्यामरा भिरेको देखिएको थियो ।

अभियोगको कार्यालयले सोमबार थप प्रमाणहरूको खोजी नगरुन्जेलसम्म उनी बेपत्ता हुनु रहस्यमय रहेको थियो । अधिकारीहरूले मार्च ९ मा उनको शव एङ्कोरेज नहरमा फेला पारेका थिए ।

अप्रिल २५ मा न्यू योर्क प्रहरी विभागले मोरिस काउन्टीको हराइरहेको व्यक्ति बारे इकाईलाई सूचित गरेको थियो । बेपत्ता भएका साहलाई अन्तिम पटक न्युजर्सीको नेवार्क–पेन स्टेसनमा राति ११ः३७ मिनेट, जनवरी १९, २०२१ को दिनसम्म देखिएको थियो । अझ पनि शव परिवारलाई हस्तान्तरण गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित