शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पाँचौं युएनए सम्मेलनको भव्य तयारी, खेलकुदबाहेकका कार्यक्रम भर्चुअल माध्यमबाट हुने

विजय थापा २०७८ वैशाख २२ गते २०:५१

वासिङ्टन डीसी, २२ वैशाख । युनाइटेड नेप्लिज एसोसिएशन (युएनए)को पाँचौं सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न कार्यकारी समिति र आयोजक समिति भव्य तयारीमा जुटेका छन् ।

युएनए सम्मेलन गैरआवासीय नेपाली संघ अमेरिकाको चुनाव परेकाले त्यसलाई दृष्टिगत गर्दै मे २२–२३ दुई दिन उक्त सम्मेलन गर्ने निर्णय गरिएको हो । खेलकुद प्रतियोगिताबाहेक अन्य कार्यक्रमहरु भर्चुअल (परोक्ष) रुपमा जुम माध्यमबाट हुने पनि एसोसिएशनले जानकारी दिएको छ । यद्यपि, खेलकुद भने भौतिक रुपमा भर्जिनियामा हुने भएको छ ।

युएनएले अघिल्लो वर्षहरूमा मेमोरियल–डे (स्मारक दिवस) को सप्ताहको सेरोफेरोमा सम्मेलन गर्दै आएता पनि गत वर्ष २०२० मा कोरोना महामारीको कारण सम्मेलन रद्ध गरेको थियो ।

चन्द्र लामा सम्मेलनका संयोजक हुन् भने खेलकुदमा भकुण्डो (सकर), बास्केटबल, भलिवल र लन टेनिस प्रतियोगिताको आयोजना गरिने छ । उक्त खेलकुदका लागि आगामी मे २० सम्म दर्ता गर्नु पर्ने छ ।

खेलकुदका लागि एक कुनै खेल टोलीले ४०० डलर दर्ता शुल्क तिर्नुपर्ने छ भने प्रथम पुरस्कार कूल ४ हजार डलर र उप–विजेतालाई २ हजार डलर नगद र पुरस्कार प्रदान गरिने छ ।

४ वटा खेलहरु मे २२ र मे २३ का दिन खेलाइने छ भने खेल समय तालिका मे २२ का दिन दिउसो १ बजे सावर्जनिक गरिने बताइएको छ ।

यस पटकको युएनए सम्मेलनमा बाल प्रतिभा प्रतियोगिता, वादविवाद तथा वक्तृत्वकला, भेषभुषा प्रदर्शन, नृत्य तथा गायन प्रतियोगिता र विभिन्न मञ्चचका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने जानकारी आयोजकले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित