८ कार्तिक २०८३, आइतबार

एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम दुई ग्राहकलाई भुक्तानी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । एनआईसी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध रू. २० लाख बीमा रकम जनही रू. १० लाखका दरले दुई जना ग्राहक महानुभावहरूलाई भुक्तानी गरेको छ ।

सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षीया निशा श्रेष्ठ आले कक्षपतिले यस बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेकोमा सो खातामा रहेको खातावाल तथा उनको परिवारका सदस्यहरूलाई समेत उपलब्ध बीमा सुविधा अनुरुप पति जवीनप्रसाद कक्षपतिको घातक रोग उपचारवापत खातावालाले उक्त रकम प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षीया बिनबहादुर वर्मालाई घातक रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ ।