८ कार्तिक २०८३, आइतबार

विश्वभरिका उत्कृष्ट १० पीसीटी फाइलर्समा ओपो समावेस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शन्चन, २२ वैशाख । अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आफू सञ्चालनमा रहेका ४० देश तथा क्षेत्रमा बौद्धिक सम्पत्तिको सम्मान तथा रक्षा गर्दै आफ्ना समग्र नयाँ सफलताहरूको समीक्षा गरी २१औँ वर्ल्ड ईन्टेलेक्चुअल प्रपर्टी (आईपी) दिवस मनाएको छ ।

वर्ल्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेशन (डब्ल्यूआईपीओ)का अनुसार ओपो यसपटकपनि गरी लगातार दोस्रो वर्ष अर्थात् सन् २०१९ र २०२०का लागि उत्कृष्ट १० प्याटेन्ट कोअपरेशन ट्रिटीमा पर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२१ मार्च ३१ सम्ममा ओपोले ६१ हजार प्याटेन्ट्स फाइल गरी सकेको छ र ग्लोबल्लि २६ हजार प्याटेन्टको स्वामित्व कम्पनीको अधिनमा छ ।

तीमध्य ८९ प्रतिशत प्याटेन्ट एप्लिकेशन्स वा ५४ हजार यूटिलिटी प्याटेन्ट्स रहेका छन् । यीनले मोबाइल उपकरण निर्माताको अभूतपूर्व सफलताको प्रतिनीधित्व गर्छ ।

‘विश्व आईपी दिवस, आम मानिसमा आईपी एसेट्स जोगाउन सचेतना जगाउनका लागि एउटा राम्रो अवसर हो’, ओपोको ईन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने, ‘बृहत्त आईपी पोर्टफोलियोका साथ विकासको दु्रत गतिमा रहेको प्राविधिक कम्पनीका रुपमा ओपो भविष्यका लागि प्राविधिक अन्वेषण र विकासका निमित्त थप लगानी गर्न प्रतिबद्ध छ ।’

विगतका बर्षहरुमा ओपोले भर्चुओस ईन्नोभेशनको नीति पछ्याउँदै आफूलाई वैश्विक ब्राण्डका रुपमा स्थापित गरिसकेको छ । कम्पनीले फाइभजी, फ्ल्याश चार्ज, एआई तथा ईमेज लगायत क्षेत्रमा औद्योगिक रुपमा अग्रणी विशेषज्ञतापनि हासिल गरिसकेको छ ।

५जीका प्रबर्तकका रुपमा ओपोले ग्लोबल प्याटेन्ट एप्लिकेशन्सका ३ हजार ७ सयभन्दा बढी फेमिलिज फाइल गराइ सकेको छ ।

यूरोपियन टेलिकम्यूनिकेशन्स स्ट्याण्डर्ड ईन्ष्टिच्यूट (ईटीएसआई) अन्तर्गत फाइभजी स्ट्याण्डर्ड प्याटेन्टका १ हजार ५ सयभन्दा बढीको संख्यामा फेमिलिज घोषणा र ३ हजार भन्दा बढी फाइभजी स्ट्याण्डर्ड सम्बन्धि प्रस्ताव थर्ड जेनेरेशन पार्टनरशिप प्रोजेक्ट (थ्रीजीपीपी)लाई हस्तान्तरण गरिसकेको छ ।

अग्रणी जर्मन रिसर्च ईन्स्टिच्यूट आईप्लिटिक्सका अनुसार ५जी प्याटेन्ट फेमिलिज अन्तर्गत सन् २०२१मा धोषणा गरिएको संख्याका आधारमा ओपो उत्कृष्ट १० कम्पनी मध्यको पनि एक हो ।