६ कार्तिक २०८३, शुक्रबार

प्लाज्मा थेरापीबाट पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरेपछि पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको नर्भिक अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसीयूमै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको नर्भिक इन्टरनेशनल अस्पतालको प्रमुख कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य रहेको अस्पतालको भनाइ छ ।